काठमाडौँ, साउन २३ :

देशभर ३० जनामा हैजा पुष्टि भएको छ ।

ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। 

दूषित पानीका कारण हैजा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ। हालसम्म हैजाबाट कसैको पनि मृत्यु नभएको इडिसिडीले स्पष्ट पारेको छ ।