गुल्मी, साउन २३ :

गुल्मीको मुसिकोट नगरपालिका-१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।  

मुसिकोट नगरपालिका बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको मृत्यु भएको हो । पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको स्थानीय सञ्चारकर्मी माधव खरेलले जानकारी दिनुभयो ।

घाइते भएका दुईजनालाई  नेपाल प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ ।