शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश गण्डकी प्रदेश कृषि

पर्यटन र कृषि गण्डकी प्रदेश सरकारको प्राथामिकतामाः मुख्यमन्त्री पाण्डे

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
पर्यटन र कृषि गण्डकी प्रदेश सरकारको प्राथामिकतामाः मुख्यमन्त्री पाण्डे
गोरखा, मंसिर ७ :

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन र कृषिलाई प्रदेश सरकारले प्राथामिकतामा राखेको बताउनुभएको छ ।

नेपाल होटल व्यवसायी सङ्घ गोरखाको आयोजनामा गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समग्र गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र र कृषि क्षेत्र नै भएकाले यसलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

कृषि र पर्यटनको क्षेत्रलाई लगानी गरेर मात्र गाउँमै रोजगारीको अवस्था सिर्जना गर्न सकिने उहाँको भनाइ थियो । 

गाउँमा रोजगारीको अवसर पाए ग्रामीण क्षेत्रबाट हुने बसाइँसराइको अवस्थालाई पनि रोक्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

गण्डकी प्रदेश भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार