
काठमाण्डौं,साउन ९ : काठमाण्डौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बताईएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।