
काठमाडौँ, साउन २३ :
मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा झरेको छ ।
सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
आज बीमा, होटल, उत्पादन, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको हो।