काठमाडौँ, साउन २३ :

बागलुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ  पुगेको छ ।  सोही पहिरोमा परी अरु चार जना घाइते भएका छन । 

पहिरोले बडिगाड गाउँपालिका वडा नं. १० मा ६ जना र वडा नम्बर ९ मा दुई जनाको मृत्यु हो ।

पहिरोमा परेर बडिगाड गाउँपालिका वडा नं. १० का ७ बर्षिया मालती बुढा, मधु बुढा, १३ बर्षका मनोज बुढा अमन बुढा, ५१ बर्षका मैतीदेवी विक र एकजना ६ बर्षिया बालिकाको मृत्यु भएको छ ।

त्यसैगरी बडिगाड गाउँपालिका वडा नं. ९ मा पहिरोमा परि १५ बर्षका विधान परियार र २४ बर्षका गंगा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

आज बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो ।

घाइतेहरुको उद्दारपछि उपचार भइरहेको छ । पहिरोबाट पुगेको अन्य क्षतिको विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।