मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी 

· आइतबार, १० मंसिर, २०८१ मा प्रकाशित
एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी 
काठमाण्डौँ , मंसिर १० :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिट ब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।  

नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशन मार्फत जारी गरिने छ ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार