साउन २४ :

बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ । 

बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ ल्याइएको बताईएको छ ।

 स्थानीय जोगबहादुर बुढाको घर हिजो बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

भौगोलिक विकटता, निरन्तरको वर्षा र ठाउँ ठाउँमा खसेको पहिरोका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । 

पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता छन् । उनीहरूको अहिले पनि खोजी कार्य जारी छ।।