
किर्तिपुर, मंसिर १६ :
आजबाट कीर्तिपुर रंगशालामा सुरु भएको नेपाल प्रिमियर लिग एनपीएल हेर्न हजारौं दर्शकहरु किर्तिपुर पुगेका थिए । टिकट काटेर क्रिकेट हेर्न गएकाहरु गेटबाट भित्र पस्न नपाएपछि आक्रोशित बनेका थिए ।
दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल समेत भएको थियो । धकेलाधकेलमा ७ जना घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि काठमाण्डौंका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । केही सुरक्षाकर्मी समेत घाईते भएको बताईएको छ ।
गेटबाट भित्र पस्न नपाएपछि रुखमा समेत चढेर केहीले क्रिकेट खेल हेरेका थिए ।