
काठमाण्डौँ , मंसिर २१ :
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए ।
यस्तै कप्तान दीपेन्द्र सिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाण्डौँका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक- एक विकेट लिए ।