काठमाण्डौं, साउन २४ :

राष्ट्रपति रामचन्द्र पौडेलले आज नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक संजालमार्फत उहाले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको छ ।