
दाङ, मंसिर २४ :
तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् ।
भवनविहीन तुलसीपुर- १९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।
आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भवनमा सञ्चालन भएका थिए ।
पालिकाले वडा- वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी प्रक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताउनुभयो ।