काठमाडौं, भदौ ३० :

न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

न्याय परिषद्को मंगलबार बिहान बसेको बैठकले उनीहरुलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस अनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

त्यस्तै, बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरिएको छ । रजिष्ट्रारद्वय पोखरेल उच्च अदालतको न्यायाधीश र मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त भएपछि रिक्त रहेका पदमा दाहाल र कट्टेललाई सिफारिस गरिएको हो ।

बैठकले नै न्याय परिषद्को सचिवमा रामप्रसाद भट्टराईको नाम सिफारिस गरेको छ भने जिल्ला अदालतका न्यायाधीशहरूलाई पनि सरुवा गरिएको छ ।