साउन २५ :

नेपाली कांग्रेसको केन्द्रीय समितीको बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

हिजो बसेको बैठकले  महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

हिजोको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराउनु भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराउनु भएको थियो ।।