काठमाण्डौँ , मंसिर २९ :

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्स विरुद्ध फिल्डिङ गर्दै छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघि भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो । 

कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।