सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
प्रदेश मधेस प्रदेश खेलकुद क्रिकेट

सिरहाको सुखीपुरमा चौथो नगर कप टि- २० क्रिकेट प्रतियोगिता हुने

· बिहीबार, ५ पुस, २०८१ मा प्रकाशित
सिरहाको सुखीपुरमा चौथो नगर कप टि- २० क्रिकेट प्रतियोगिता हुने
सिरहा, पुस ५ :

सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि- २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । 

नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिनुभयो ।

सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् । प्रतियोगिताको लागि अहिले खेल अभ्यास  गराउँदै आएको संयोजक यादवले जानकारी दिनुभयो । 

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरूको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताउनुभयो ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार