
फाइल फोटो
काठमाण्डौँ भित्रने र प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नति सहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्ती लगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गादेखि मुग्लिनसम्मको सडक पुष ७ गते आइतबारदेखि पुष १३ गते शनिबारसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द गरी काम गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नागढुङ्गा- मुग्लिन सडक आयोजनाले एक सूचना जारी गर्दै उक्त राजमार्ग भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न सवारी आग्रह गरेको छ ।
अत्यावश्यक सवारीका साधनहरू भने चल्न पाउने आयोजनाले जनाएको छ।