
काठमाण्डौँ , साउन २६ :
शुक्रबार अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ । कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर भने सामान्य अंकमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ।
त्यस्तै आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।