काठमाडौँ, पुस ६ :

यस वर्षको जाडो महिना सुरु भएसँगै  बजारमा न्यानो कपडाहरुको व्यापार ह्वात्तै बढेको छ।  

बजारमा जाडो महिनामा लगाउने कपडा किन्नेहरुको निकै चहलपहल देखिएको छ।

तर यता भने व्यापारीहरू यसपालिको बजार भाउ निकै नै महँगो भएको बताउँछन्।

 देशमा आर्थिक मन्दी लागेसँगै व्यापार व्यवसायमा पनि निकै गिरावट आएको व्यवसायीहरू बताउँछन्।

बच्चादेखि बुढासम्मको कपडाहरूको  मूल्य निकै बढेको व्यापारीहरूको भनाइ छ। गत साल भन्दा यसपालि १० देखि २०% सम्म महँगो बढेकोले भनेजस्तो व्यापार नभएको व्यापारीहरू बताउँछन्। 

बाहिर रोडमा निकै चलपल देखिएता पनि पसलहरू भने सुनसान भएको व्यापारीहरू बताउँछन्। 

जाडोमा लगाउने  कपडाको मूल्य जुत्ताको मूल्य निकै नै महँगो भएको व्यापारी बताउँछन्। पसलमा आएका ग्राहकहरू पनि महँगो भनेर फर्किने गरेका व्यवसायीहरूको गुनासो छ ।।