धादिङ, साउन २६ :

धादिङको निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत ३ जना बालिका बुधबादेखि सम्पर्क विहिन भएका छन् ।

कक्षा ९ मा अध्ययनरत ती बालिकाहरु मंगलबार विहान १० बजे विद्यालय गएका र त्यसपछि घर नगएपछि उनका अभिभावकहरुले खोजी गरेका थिए । हिजो उनीहरुका अभिभावकहरुले हिजो जिल्ला प्रहरी कार्यालय धादिङमा जानकारी गराएका थिए । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

१४ वर्षीय रोशनी विक,शुसिला तामाङ्ग र अस्मिता गुरुङ्ग सम्पर्कविहिन भएका हुन् । तिनै जना बालिका नीलकण्ठ नगरपालीका स्थित वडा नम्वर ३ मा आफ्नै परिवारसंग बस्दै आएका थिए ।