शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

विद्यालय गएका तीन बालिका ३ दिनदेखि बेपत्ता

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
विद्यालय गएका तीन बालिका ३ दिनदेखि बेपत्ता
धादिङ, साउन २६ :

धादिङको निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत ३ जना बालिका बुधबादेखि सम्पर्क विहिन भएका छन् ।

कक्षा ९ मा अध्ययनरत ती बालिकाहरु मंगलबार विहान १० बजे विद्यालय गएका र त्यसपछि घर नगएपछि उनका अभिभावकहरुले खोजी गरेका थिए । हिजो उनीहरुका अभिभावकहरुले हिजो जिल्ला प्रहरी कार्यालय धादिङमा जानकारी गराएका थिए । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

१४ वर्षीय रोशनी विक,शुसिला तामाङ्ग र अस्मिता गुरुङ्ग सम्पर्कविहिन भएका हुन् । तिनै जना बालिका नीलकण्ठ नगरपालीका स्थित वडा नम्वर ३ मा आफ्नै परिवारसंग बस्दै आएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार