काठमाण्डौं, पुस १० :

सिरियाको हामा शहर नजिकै क्रिसमस ट्री जलाएको विरोधमा प्रदर्शन भएको छ ।

मध्य सिरियाको क्रिश्चियन बहुल शहर सुकायलाबियाको मुख्य चोकमा प्रदर्शनमा राखिएको रुखमा नकाबपोश बन्दुकधारीले आगो लगाएको छ । राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने विद्रोहको नेतृत्व गर्ने मुख्य इस्लामी समूहले आगजनीका  जिम्मेवारी लिएको र उनीहरु व्यक्तिहरू विदेशी लडाकुहरू भएको समाचार छ ।  उनीहरूलाई हिरासतमा लिइएको  बताएको छ।

नयाँ इस्लामी शासकले धार्मिक अल्पसङ्ख्यकहरूको संरक्षण गर्नुपर्ने माग गर्दै हजारौं प्रदर्शनकारीहरू देशभरका सडकमा ओर्लिएका छन्।
दमास्कसको बाब तौमा इलाकामा प्रदर्शनकारीहरूले क्रस र सिरियाको झन्डा बोकेर  क्रूसको लागि आफ्नो प्राण बलिदान गर्नेछौं भन्दै नारा लगाएका थिए ।

सिरियामा कुर्द,अर्मेनियाली,अश्शूरी,इसाई,ड्रुज,अलावी शिया र अरब सुन्नीहरू लगायत धेरै जातीय र धार्मिक समूहहरू छन् । मुस्लिम जनसंख्याको भने बहुमत छ।

दुई हप्ताअघि मात्र बशर अल असदको राष्ट्रपति पद विद्रोही फौजको हातमा गएको हो । यो संगै असद परिवारको ५० वर्षभन्दा लामो शासनको अन्त्य भएको हो ।

हयात तहरीर अल–शाम (एचटीएस) समूहले सिरियामा कसरी शासन गर्छ त्यो हेर्न भने बाँकी नै छ ।