
काठमाण्डौँ , पुस १५ :
दक्षिण कोरियामा १८१ यात्रु बोकेको जहाज दुर्घटना हुँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ ।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
मृतकमध्ये ७१ जना महिला र ७१ जना पुरुष रहेका छन् भने अन्य शवको हालसम्म लिङ्ग पहिचान गर्न नसकिएको अग्नि नियन्त्रण सेवालाई उदृत गर्दै बीबीसीले जनाएको छ।
देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
हाल अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू उद्धारमा खटिएको अधिकारीहरुले जनाएका छन्।
विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो ।