शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो #नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो
समाचार कला भिडियो

टोपी दिवसमा युवादेखि पाकापुस्ता रमाए ( भिडियोसहित)

· बुधबार, १८ पुस, २०८१ मा प्रकाशित
टोपी दिवसमा युवादेखि पाकापुस्ता रमाए ( भिडियोसहित)
काठमाडौं, पुस १८ :

विश्वभर अङ्ग्रेजी नयाँवर्ष २०२५ हर्षोल्लाषका साथ मनाइँदै गर्दा नेपालमा भने ‘टोपी दिवस’पनि  मनाइँदैछ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन। टोपी दिवसमा अवसरमा कहिल्यै टोपी नलगाउनेले सम्म टोपी लगाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने गर्छन । त्यसो त कतिपय महिलाहरुले पनि टोपी लगाएर टोपी दिवसको शुभकामना दिने गरेको पाइन्छ ।
  
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाएका छन। 

यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ। टोपी दिवश मनाउन पाटन पुगेका  सबै जना आफ्नो संस्कृति जोगाउन  र नेपालको पोशाकलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि टोपी दिवस मनाएको बताउँछन।  

सरकारकी स्तरबाट यसको मान्यता पाएको आधिकारीकता नभएपनि युवादेखि पाका पुस्तासम्मका मानिसहरु टोपी दिवसमा शुभकामना दिन भने व्यस्त देखिन्छन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार