काठमाडौं ।, पुस १९ :

पाकिस्तानले सन् २०२५ को पहिलो दिनबाट संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा काम सुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मुनिर अक्रमले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा पाकिस्तानले ‘सक्रिय र सकारात्मक’ भूमिका खेल्ने बताए । उनले भने, ‘सुरक्षा परिषद्‌मा पाकिस्तानको उपस्थिति महसुस गरिनेछ ।’

पाकिस्तानले दुई वर्षका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा काम गर्नेछ । १५ सदस्यीय गैरस्थायी सदस्य परिषद्‌मा पाकिस्तानले आठौंपटक यो भूमिका खेल्नेछ ।

भारतले सन् २०२१ र २०२२ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा सेवा गरिसकेको छ ।
-बीबीसी