काठमाडौं, पुस २० :

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका राहुल महरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ । राहुल नेकपा  माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की, केशवराम थापा क्षेत्री, ललिता थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले र तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रतिवादी बनाइएको छ ।

सम्पत्ति जफतका लागि सिन्धुपाल्चोकका रोजन राउत र बाजुराकी प्रेरणा थापालाई पनि प्रतिवादी बनाइएको छ ।  

उनीहरूले चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३० थान भेपभित्र लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन बेचबिखन गरी लाभ लिएको आरोप छ ।

उनीहरूले विमानस्थलमा लुकाएको ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँबराबर मूल्यको सुन बापत ६ करोड मात्र दिई २ करोड लाभ लिएको अनुसन्धानमा खुलेको थियो ।