काठमाडौं, पुस २१ :

उत्तरी काश्मीरको बान्दीपोरा जिल्लामा ड्युटीमा रहेकाबेला सेनाको गाडी भिर (झाडी) मा खसेर तीन सैनिकको मृत्यु भएको छ ।

भारतीय सेनाको चिनार कोरले आफ्नो सामाजिक सञ्जालमा दुर्घटनाको जानकारी दिएको बीबीसी हिन्दीले समाचारमा जनाएको छ ।

सेनाको जानकारीअनुसार, ‘जनवरी ४ मा बन्दीपोरामा ड्युटीमा रहेकाबेला भारतीय सेनाको गाडी चिप्लिएर गहिरो झाडीमा खसेको थियो । खराब मौसम र कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको हो ।’

सेनाले लेखेको छ, ‘दुर्घटनामा घाइते भएका सैनिकहरूलाई स्थानीय काश्मीरी जनताको सहयोगमा तुरुन्तै उपचारका लागि बाहिर लगिएको थियो, जसका लागि हामी उहाँहरूप्रति आभार व्यक्त गर्दछौं । यस दुखद दुर्घटनामा तीन बहादुर सैनिकले ज्यान गुमाएका छन् ।’