शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

पासाङल्हामु सडक खण्डमा पहिरो जाँदा आवतजावतमा समस्या

· आइतबार, २८ साउन, २०८१ मा प्रकाशित
Pasang Lamu sadak pahiro
साउन २८ :

नुवाकोट- पासाङल्हामु सडक अन्तर्गत नुवाकोट खण्डमा पहिरो गएपछि यात्रु आवतजावतमा समस्या भएको छ। 

  बाटो बन्द भएपछि हिजोदेखि यात्रुहरुलाई समस्या परेको थियो । 

     पासाङल्हामु सडकमार्ग अन्तर्गत त्रिशूली–पिपलटार–ककनी–काठमाडौ सडकखण्डको वीचमा रहेको पाँचमानेमा सडकमाथिबाट खसेको पहिरोले हिजोदेखि बन्द भएको बाटो आज पनि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

अबिरल वर्षात्संगै सो सडकमार्गको ककनी गाउंपालिका १  पांचमानेमा खसेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउने कार्य भइरहेका र शनिवार पहिरो पन्छाउन नसकिएकाले आइतवार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार