
साउन २८ :
नुवाकोट- पासाङल्हामु सडक अन्तर्गत नुवाकोट खण्डमा पहिरो गएपछि यात्रु आवतजावतमा समस्या भएको छ।
बाटो बन्द भएपछि हिजोदेखि यात्रुहरुलाई समस्या परेको थियो ।
पासाङल्हामु सडकमार्ग अन्तर्गत त्रिशूली–पिपलटार–ककनी–काठमाडौ सडकखण्डको वीचमा रहेको पाँचमानेमा सडकमाथिबाट खसेको पहिरोले हिजोदेखि बन्द भएको बाटो आज पनि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अबिरल वर्षात्संगै सो सडकमार्गको ककनी गाउंपालिका १ पांचमानेमा खसेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाउने कार्य भइरहेका र शनिवार पहिरो पन्छाउन नसकिएकाले आइतवार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।