काठमाडौँ, पुस २३ :

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपीएफ क्लब र  वालिङ नगरपालिका खेल्दै छन् । 

यो खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ ।

पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई पराजित गरेको थियो । वालिङ आफ्नो पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । एपीएफ शीर्ष स्थानमा रहेको छ भने वालिङ पुछारबाट दोस्रो स्थानमा छ ।

पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।