बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

बाढीपीडितका लागि भूकम्पको समयमा जस्तो पुनर्निर्माणमा ढिलासुस्ती नगरौं : मोहन आचार्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
बाढीपीडितका लागि भूकम्पको समयमा जस्तो पुनर्निर्माणमा ढिलासुस्ती नगरौं : मोहन आचार्य
काठमाडौं, भदौ २५ :

रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले विपत्तिमा परेका नागरिकहरू ठुलो कष्टमा रहेको र बाढीबाट क्षति नबेहोरेको कुनै घर नरहेको उल्लेख गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू साझेदारीमा काम गर्नुपर्नेमा जोड दिए । उनले विगतको भूकम्पको समयमा जस्तो पुनर्निर्माणको काममा ढिलासुस्ती नगर्न ध्यानाकर्षण गराए ।

सांसद आचार्यले रसुवा जिल्लालाई पुनः जोड्नका लागि अवरुद्ध भएका सडक सञ्जालहरू छिटोभन्दा छिटो मर्मत तथा सञ्चालन गर्न संघीय र प्रदेश सरकारसँग माग गरे । उनले बाढीको त्रासले गर्दा मानसिक स्वास्थ्यमा समेत गम्भीर समस्या देखिएकाले यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार