
जुम्लामा जन्म र मृत्यु संस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१- ८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पुर्याएको हो ।
जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले मातृ मृत्युदर कम गर्न ३० किलो चामलसँगै ढुवानी खर्च समेत उपलब्ध गराएको जानकारी दिए ।
वि. सं २०७३ मा थालिएको यो योजना प्रभावकारी बन्दै गएको छ । त्यस्तै आर्थिक वर्ष २०८१- ८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताए ।