यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायात (यात्रुवाहक) तथा मालवाहक सवारीसाधनको भाडादर ३ प्रतिशतसम्मले बढाएको जनाएको छ ।
यात्रुवाहक सवारीसाधनमा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.०५ प्रतिशतले भाडा बढाइएको हो ।
दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । २०८० साउन ३१ मा भाडा समायोजनएपछि आज (पुस २२ गते) नयाँ भाडादर तोकिएको हो ।
हेरौं कहाँको भाडा कति ?
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।