
सन् २०१३ मा भएको बलात्कार मुद्दामा सर्वोच्च अदालतले सन्त आशारामजी बापु (आसुमल सिरुमलानी हरपालानी) लाई अन्तरिम जमानत दिएको छ ।
सर्वोच्च अदालतले चिकित्सा आधारमा आशारामलाई जमानत दिएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार आशारामले ३१ मार्चसम्म अन्तरिम जमानत पाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
अदालतले आशारामलाई जमानतमा जेलबाट बाहिर हुँदा प्रमाणसँग छेडछाड नगर्न निर्देशन दिएको छ । यसबाहेक उनले आफ्ना अनुयायीहरूलाई पनि भेट्न पाउने छैनन् ।
सन् २०१३ मा सुरतकी एक महिलाले आशाराम र अन्य सात जनाविरुद्ध बलात्कार र गैरकानुनी थुनामा राखेको मुद्दा दायर गरेकी थिइन् ।
सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भएको थियो । प्रहरीले सन् २०१४ साउनमा यस मुद्दामा आरोपपत्र दायर गरेको थियो ।
अहमदाबादको चन्दखेडा प्रहरी चौकीमा दर्ता भएको एफआईआर अनुसार आशारामले अहमदाबाद सहरको बाहिरी भागमा रहेको आफ्नो आश्रममा सन् २००१ देखि २००६ बीचमा पीडित महिलालाई पटकपटक बलात्कार गरेका थिए । -बीबीसी