
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज (मंगलबार) बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् ।
यो पनि...
तिब्बतमा भूकम्प : मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
तिब्बत भूकम्प : उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन
काठमाडौंमा भूकम्पको धक्का महसुस
तिब्बतसँग सिमाना जोडिएका जिल्लामा भूकम्पले क्षति पुर्याएको अनुमान, विवरण संकलन गरिँदै
भूकम्पपछि चीनको सिजाङ स्वायत्त क्षेत्रमा क्षतिग्रस्त घरहरूमा उद्धार हुँदै (फोटो सहित)
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति