बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

थप ५७ हिमालको आरोहण खुला (सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ पुस, २०८१ मा प्रकाशित
थप ५७ हिमालको आरोहण खुला (सूचीसहित)
काठमाडौं, पुस २४ :

नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आरोहण खुला गरेको हो ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ ।

यसअघि गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । ६ हजारदेखि ६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले गत असारमै सिफारिस गरेर पठाएको थियो ।

यसअघि नेपालमा ४१९ हिमाल आरोहणका लागि अनुमति प्राप्त थिए । योसँगै अब अनुमतिप्राप्त हिमालको संख्या ४७६ पुगेको छ ।

हेरौं सूची :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार