मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक #न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक
समाचार

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका कमल र सुनीता धरौटीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका कमल र सुनीता धरौटीमा रिहा
काठमाडौं, पुस २५ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका कमल लामा र सुनिता नेवा धरौटीमा रिहा भएका छन् ।

अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य लामा र लेखा सुपरीवेक्षण सदस्य नेवा धरौटीमा रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो ।

सुनीता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

सुनीता र कमललाई जिल्ला प्रहरी परिसर काठमाडौंले कात्तिक २० गते पक्राउ गरेको थियो । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार