
विराटनगर, पुस २५ :
सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासको आदेशबमोजिम कोइरालाले १० लाख रुपैयाँ धरौटी बुझाएर बुधबार रिहा भएकी हुन् ।
भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फरार कोइराला बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना आरोपमा कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।