विराटनगर, पुस २६ :

नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा संघीय संसद्‌को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिलमाथि एमबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका ५, बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

यो घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश दिएको छ । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई  जिम्मेवारीबाट हटाएका थिए ।

उसो त ऋषिकेश पत्नी अञ्जला कोइरालामाथि पनि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबारै उनी १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन् ।

यो पनि...
उमागौरी कृषि सहकारी ठगी प्रकरण : १० लाख धरौटी बुझाएर अञ्जला कोइराला रिहा

ठगी मुद्दा : एमाले नेता पोखरेलविरुद्ध पक्राउ पुर्जी, साढे ३० लाख असुलेको आरोप