काठमाडौं, साउन २९ :

आज  साउन महिनाको अन्तिम सोमबार काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

भगवान शिवको प्रिय बार मानिने साउनको सोमबार श्रद्धालुहरु व्रत बसी पूजापाठ र दान गर्ने गर्छन ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

बिशेषगरी आज काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुहरुको पनि घुइँचो लागेको हो ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वरलगायतका चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।।