
त्रिभुवन विश्वविद्यालयले रिक्त रहेका २४ आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविको कार्यकारी परिषद्ले लामो समयदेखि रिक्त रहेका क्याम्पसहरु प्रमुख नियुक्त गरेको हो ।
त्रिविको छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि ती क्याम्पस निमित्तको भरमा चेलेका थिए ।
त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्रा पदमकुमार अधिकारी,नेपाल कमर्श क्याम्पसमा सहप्रा जितेन्द्रप्रसाद उपाध्याय,शंकरदेव क्याम्पस सहप्रा कपिल खनाल,भैरहवा क्याम्पसमा लक्कीप्रसाद जोशी,ललितकला क्याम्पमा उपप्रा यामप्रसाद शर्मा,सानोठिमी क्याम्पसमा उपप्रा माधवप्रसाद श्रेष्ठ,महेन्द्र बहुमुखी क्याम्पसमा सहप्रा लालमणि आचार्यमा सुर्खेत बहुमुखी क्याम्पसमा सहप्रा माधवप्रसाद खनाल,विश्वभाषा क्याम्पसमा उपप्रा महेन्द्रकुमार बुढाथोकी,पाटन संयुक्त क्याम्पसमा सहप्रा रघुवीर विष्ट र बुटबल बहुमुखी क्याम्पसमा उपप्रा अरुणकुमार क्षेत्री नियुक्त भएका छन् ।
यसैगरी रामस्वरुप रामसागर क्याम्पसमा प्राध्यापक बसन्तकुमार कर्ण,भोजपुर बहुमुखीमा सहप्रा पर्वतकुमार राई,कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङमा उपप्राध्यापक रामकुमार श्रेष्ठ,पक्लिहवा क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे,मेची बहुमुखी क्याम्पसमा सहप्राध्यापक देवीप्रसाद आचार्य,केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्राध्यापक बसन्तकुमार राई,पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक हरिप्रसाद पाठक,सूर्यनारायण सत्यनारायण क्याम्पसमा सहप्रा राजेश्वरप्रसाद यादव,डोटी बहुमुखी क्याम्पसमा सह दिलानन्द जोशी,त्रिभुवन बहुमुखी क्याम्पसमा उपप्रा टंकप्रसाद पन्थ,जुम्ला बहुमुखी क्याम्पसमा उपप्रा प्रकाशचन्द्र खत्री,वनविज्ञान अध्ययन संस्थान पोखरामा सहप्रा नारायणप्रसाद गौतमर धौलागिरि बहुमुखी क्याम्पसमा सहप्रा सुदर्शन सिलवाल नियुक्त भएका छन् ।