सुनसरी, माघ २ :
उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवारी दुर्घटनामा घाइते भएका छन् ।
न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार आज (मंगलबार) साँझ सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा दुर्घटना हुँदा उनीसहित दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मीसँगै कारमा सवार कृष्ण खनाल पनि घाइते भएका छन् । उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रेग्मीको कान, हात र खुट्टामा गहिराे चोट लागेको छ ।
कार चालक कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।