मकवानपपुर, माघ २ :

चिनियाँ नागरिकको अपहरणको आरोपमा ४ भारतीय नागरिक पक्राउ परेका छन् । 

काठमाडौँबाट अपहरण गरेर मकवानपुरस्थित भिमफेदीको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको गरिएको छ।

भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेर दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्‍याएपछि चिनियाँ नागरिक भागेका थिए । 

पक्राउ परेका भारतीय नागरिकले भने आफूहरुलाई चिनियाँ नागरिकले ठगेकाले उठाएर लगेको प्रहरी समक्ष बताएका छन्। 

मंगलबार साँझ अपहरण गरिएका उनीहरुलाई भारत लैजान लागेको आशंका गरिएको छ। अपहरणमा संलग्न रहेको भनिएका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।