बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

तराईका केही ठाउँमा कुहिरो, राति कर्णाली र सुदूरपश्चिममा हल्का हिमपात र वर्षाको सम्भावना

सक्रिय न्यूज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
तराईका केही ठाउँमा कुहिरो, राति कर्णाली र सुदूरपश्चिममा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौँ, माघ ३ :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

आज दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू- भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

राति नै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्ने र दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार