काठमाडौँ, साउन २९ :

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतका विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

विभिन्न मन्त्रालयका मन्त्री तथा दलका नेताहरुसँको भेटपछि विदेश सचिव मिस्री आजै स्वदेश फर्किनुहुनेछ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका विदेश सचिव मिस्रीले हिजो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।