काठमाडौं, माघ ३ :

काठमाडौंको काँडाघारीबाट प्रहरीले ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बुधबार) बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा उक्त परिमाणको रक्तचन्दन बरामद गरेको हो । 

रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको छ । त्यो उनीहरुकै थियो वा उनीहरु भरिया मात्रै थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । नियन्त्रमा लिएका उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।