काठमाडौँ, माघ ४ :

सुनको मूल्य बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद- बिक्री भइरहेको महासङ्घले जनाएको छ ।