सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
समाचार प्रदेश कर्णाली प्रदेश

कर्णाली राजमार्गमा निरन्तर पहिरो

· सोमबार, २९ साउन, २०८१ मा प्रकाशित
कर्णाली राजमार्गमा निरन्तर पहिरो
साउन २९ :

कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गइरहेकोले राजमार्गमा बर्खाको समयमा समस्या भएको छ ।

साउन महिनामा मात्रै कर्णाली राजमार्गमा करिब दर्जन बढी स्थानमा पहिरो गएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गमा निरन्तर आएको पहिरोले आवागमनमा समस्या भएको हो । 

असार र साउन महिनामा कतै ठुलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो । कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठुलो पहिरो गएको छ । सडक सुचारु गर्न गाल्जेबाट एक्स्काभेटर पठाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ ।

सडक डिभिजनले जारी गरेको सूचना अनुसार कालिकोटको पिलि कल्यान खोलामा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालन भइसकेको छ भने कालिकोटको चौखोला र मोल्फामा समेत पहिरो आई सडक अवरुद्ध भएको जानकारी दिएको छ । 

सडक डिभिजनका अनुसार अविरल वर्षाको कारण कालिकोटको पिलि कल्यान खोला र मोल्फामा पहिरो आई सडक अवरुद्ध भएकाले सो स्थानमा सडक सुचारु गर्नको लागि यस डिभिजनको व्याकहोल लोडर परिचालन भई जानकारी दिएको छ । 

निरन्तर पहिरो गइरहेका कारण यात्रुहरूलाई सावधानी अपनाएर यात्रा गर्न अनुरोध पनि गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार