कास्की, माघ ४ :

डा. निकोलस भुसाल फेरि पक्राउ परेका छन् ।भुसाल साइबर अपराधको अभियोगमा पक्राउ परेका हुन् ।

प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेपछि भुसाल छुटेको थिए । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पुनः पक्राउ गरिएको जनाइएको छ ।भुसाललाई शुक्रबार अदालतमा पेस गरिनेछ ।

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा रविको सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका थिए । फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका थिए।