
काठमाडौं, माघ ५ :
नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका काठमाडौँको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा सबस्टेसन र टावर निर्माणका डोजर पुग्दा स्थानीयबासीले ढुंगामुडा गरेको प्रहरीले जनाएको छ।
तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरूमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि त्यहाँ सबस्टेसन निर्माण गर्न लागिरहेको हो।
स्थानीयवासीले काममा अवरोध गर्न खोजेपछि झडप भएको जनाइएको छ । केही स्थानीयबासीलाई प्रहरीले नियन्त्रणमा लिएको र केहीलाई छाडेको बताइएको छ।