सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

प्रमुख ४ दलका सचेतकको बैठक : संसद्लाई प्रभावकारी बनाउन सहमत

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
प्रमुख ४ दलका सचेतकको बैठक : संसद्लाई प्रभावकारी बनाउन सहमत
काठमाडौं, माघ ५ :

प्रमुख ४ दलका सचेतकहरुबीच छलफल भएको छ ।नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा  नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा संसद्लाई प्रभावकारी बनाउन चार दलका प्रमुख सचेतक सहमत भएका छन् ।

मुख्यतया कानुन निर्माण, संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने लगायतका विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि छलफल भएको बताइएको छ । सत्ताका लागि सरकार र प्रतिपक्ष छुट्टाछुट्ट बैठकमा जुटे पनि कानुन निर्माणको विषयमा भने एक ठाउँमा उभिएका छन् ।सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार