आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार स्वास्थ्य

स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त छैन : मन्त्री पौडेल

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त छैन : मन्त्री पौडेल
काठमाडाैं, माघ ६ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन्।

काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज (शनिबार) आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उgले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे ।

छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार